Friday 25th September 2026

एफएनजे कुवेतको आयोजनामा एक दिने तालिम प्रशिक्षण सम्पन्


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज को मुख्य प्रायोजनमा वाक कला तथा कार्यक्रम आयोजना – व्यवस्थापन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो ।


साल्मियामा रहेको चाउकिङ रेष्टुरेण्टको सभाहलमा शुक्रवार सम्पन्न भएको तालीममा महासंघका पदाधिकारी तथा सदस्यहरु सहित २० जना सहभागी भएका थिए । नेपाल लगाएत बिभिन्न देश मा कार्यक्रम गरेर अनुभव बटुलेका संचारकर्मी दिपेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए ।समापन सत्रमा गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, अल मुजैनी एक्सचेन्ज कुवेतका म्यानेजर राम बस्नेत र द कुवेत टाईम्सका वरिष्ठ संवाददाता रिकी आरको विशेष उपस्थिति रहेको थियो । तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई एनआरएनए एनसीसीका अध्यक्ष लामाले सहभागिताको प्रमाण पत्र वितरण गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...