Wednesday 22nd July 2026

दूतावासले नेपाली विद्यार्थीलाई भन्योः क्यानडामा रोजगारी र डेरा पाउन मुस्किल छ


क्यानडाको अटवास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा नआउन विद्यार्थीलाई आग्रह गरेको छ ।

रोजगारी र डेरा पाउन मुस्किल रहेको भन्दै अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीलाई दूतावासले सचेत गराएको हो ।

दूतावासले विज्ञपितमार्फत विद्यार्थीलाई ७ बुँदे सुझाव दिएको छ । विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढेकाले डेरा र रोजगारी पाउन कठिन रहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले डेरा र रोजगारीको ग्यारेण्टी गरेर मात्र क्यानडा आउन पनि सुझाएको छ ।

दूतावासले तीन महिनाअघि पनि यस्तै विज्ञप्ति जारी गर्दै क्याडना आउने बित्तिकै रोजगारी पाइने भ्रममा नपर्न भनेको थियो ।

दूतावासले कलेज रहेको सहर, खर्च लगायत विषयका पूर्वजानकारी लिन पनि सुझाव दिएको छ । केही कलेजले अतिरंजित प्रचार गर्ने गरेको र त्यसको विश्वास गर्दा विदेशी विद्यार्थी समस्यामा पर्ने गरेको विज्ञप्तिमा छ ।

क्यानडा जानुअघि त्यहाँस्थित आफन्त, साथीभाइ, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाबारे समेत जानकारी लिन दूतावसाले सुझाव दिएको छ ।

विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन पनि भनिएको छ । अभिभावकलाई अध्ययन, आवास र खाने बस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्र विद्यार्थी पठाउन दूतावासको सुझाव छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...