Thursday 9th July 2026

अध्यागमन विभागका अधिकृत खड्का पक्राउ


तितोपाटी- नक्कली कागज बनाइ भिजिट भिसामा विदेश पठाएको आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन्।

बुधबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न मितिमा नक्कली कागज बनाइ नेपाली नागरिकलाई विदेश पठाएको आरोप लागेको छ। 

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नक्कली कागजातको आधारमा विदेश पठाउने गिरोहलाई निगरानी राख्ने क्रममा उनी पक्राउ परेका हुन्। 

-साभार नागरिक दैनिकबाट


सम्बन्धित शीर्षकहरु

विशेषगरी न्युरोड क्षेत्रको उल्लेखनीय रूपान्तरण अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। सुधारिएको सडक संरचना, सम्पदामैत्री डिजाइन, व्यवस्थित…

चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै छन्। स्वर्णिम वाग्ले नेतृत्वको आर्थिक टोलीसँग…

इरानसँग बढ्दो तनावबीच मध्यपूर्वमा अमेरिकी नौसेनाको शक्ति प्रदर्शन, २० भन्दा बढी युद्धपोत सक्रिय इरानसँग बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी केन्द्रीय…

प्रतिकृयाहरू
...