Tuesday 26th November 2024

कुवेतस्थित दूतावासले कम्पनीको अनुगमन नगरी माग पत्र स्वीकृत गर्दा हजारौ कामदार समस्यामा


बसन्त थापा, कुवेत

तीतोपाटी- ठुलो सपनाको भारी बोकेर जिन्दगीका रहरहरुलाई एकठाउमा थाती राखेर वैदेशिक रोजगारीको बाटो पछ्याउँदै खाडीका देश लगायत कुवेत आउने युवाहरुको जमात बाक्लो देखिएको छ।

“तर यहाँ, त्यस्तो भने जस्तो सजीलो छैन”

वैदेशिक रोजगारीका लागि झण्डै एक वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका हजारौ कामदारहरु म्यानपावर व्यवसायीका एजेण्ट र यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण न हातमा भीसा छ। न साथमा तलब अहिले पनी सयौ कामदार बिना तलब काम गरिरहेका छन। धेरै मजदुर बिना तलब रित्तो हात स्वदेश फर्किनु परेको छ।

फ्यामिली बिजनेसमा खोलिएका साना साना रेस्टुरेण्टमा कामदार दिने एजेण्ट, सत्यतथ्य नबुझी कामदार ल्याउन अनुमति दिने यहाँस्थित नेपाली दूतावासका कारण पछील्लो एकवर्ष यता ठुलो मात्रमा नेपाली कामदारहरु समस्यामा परेको देखिएको छ।

कुवेतका विभिन्न कम्पनीमा कार्यरत रहेका कामदारहरुको आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण चाहे जसरी बाहिर हिड्डुल गर्न वा अतीआवश्यक कामले गर्दा कतीपय कामदार स्वदेश फर्कन नपाएको समेत पीड़ितले बताएका छन।

यस्तै आशा बोकेर आज भन्दा १८ महीना पहिला कुवेत आएका चितवन, घर बताउने चक्र तामांगको पनी ६ महीना देखी भीसा नवीकरण नगरिदिएको कारण आफू तनावमा रहेको बताए। अहिले आफु खुलेर बाहिर हिड्डुल गर्न समेत नसकेको, जसो त्यसो कम्पनीको काम गर्न मात्र कम्पनीकै ट्रान्सपोर्टमा आवत जावत गरेको बताउदै बारम्बार कम्पनीलाई भीसा लगाइदिन आग्रह गर्दा समेत कम्पनीले हुन्छ मात्र भन्ने गरेको र समयमा आफुहरुले तलब सम्म नपाएको बताए।

दुई जना रूपन्देही जिल्ला, र एकजना कैलाली जिल्ला घर बताउने उनी ऋण धन गरेर कुवेतमै रहेका एजेण्ट मार्फ़त रेष्टूरेण्टमा बारिस्ता कामको ट्याग भिरेर आज भन्दा १३ महीना अगाडी कुवेत आएको बताए। जसरी ती एजेण्टले उनीहरुलाई आस्वशन दिएका थिए
तर यहाँ त्यस्तो नभएको बताउदै आफुहरुलाई समय संगै एजेण्टले पनी ठगेको बताए।

कास्की जिल्ला घर भएकी, मीना थापा, र बेनी जिल्ला घर भएकी धनमाया गुरुंग ११ महिना अघी संगै एउटै कम्पनीमा कुवेत आएका हुन यही कुवेतमा रहेका एजेण्टमार्फत कफी रेष्टटूरेण्टमा आएको बताए अहिले उनीहरुको हातमा रेष्टूरेण्टले कुनै पनी किसीमको वैधानिक कागजात दिएको छैन। गुरुंग भन्छिन सिविल आइडी कार्ड न हुदा घरमा पैसा पठाउन पनी अरुको सहारा लिनुपर्ने बाध्यता छ।

त्यस्तै दोलखा जिल्ला घर बताउने जीत बहादुर, संगै काम गर्ने अन्य पाँच जना आज भन्दा एक वर्ष अगाडी कुवेत आएका थिए, तर आएको एक वर्षसम्म त कम्पनीले भिसा लगाएर काम लगाएको थियो तर अहिले कम्पनीनै बन्द हुँदा उनीहरू बन्धक जस्तै बनेका छन।

कुन कम्पनी कस्तो छ? कम्पनी भित्र बस्ने बास देखी खाने र कम्पनीको बिगतलाई कुनै अध्ययन बिना कामको लागी भनी भिसा स्वीकृत गरीदिने नेपाली दूतावासको लापरबाहीले कामदार समस्यामा परेका हुन।

कुवेतमा रहेका झण्डै ८० भन्दा बढ़ी रेष्टूरेण्टको अनुगमन गर्दा ८० मध्यमा ५० प्रतिशत रेष्टूरेण्टमा उक्त समस्या देखिएको हो।

कुवेत सरकारको नियम अनुसार यहाँको स्थानीय भाषामा १८ नम्बर भीसालाई सुन भीसा भनीन्छ (सुन, १८ नम्बर) भीसामा कुवेत आएको तीन वर्ष पछी यदी कुनै पनी कर्मचारीले कम्पनी आफ्नो मन मर्जीले छोड्न चाहे कुनै किसीमको रोकठोक बिना एक कम्पनीबाट अर्कों कम्पनीमा जान पाउने कुवेत सरकारले अधिकार दिएको छ। तर यहाँको कफला पद्धति केही हद सम्म खुकुलो भएता पनी अधिकांश कम्पनीले उक्त नियमको पालना गरेको पाइदैन। त्यस कारण कुवेत आउने जो कोहीले पनी बुझ्नु पर्ने कुरा– के हो कफला पद्धति?

कुवेतको भिसा कफला पद्धतिमा आधारित छ । कफला पद्धति भनेको रोजगारदाताको अनुमति बेगर देशभित्र प्रवेश गर्न वा स्वदेश फर्कन वा काम गर्न वा व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने पद्धति हो। यहाँ मालिकलाई अरबिक भाषामा कफिल भनीन्छ। कफिलले भिसा उपलब्ध नगरेसम्म कुनै पनि मुलुकबाट कुनै पनि व्यक्ति काम गर्ने हिसाबमा कुवेत प्रवेश गर्न र स्वदेश फर्कन सक्दैन । कफिलको अनुमति बेगर तोकिएको भन्दा फरक काम गर्न, तोकिएको भन्दा फरक कम्पनीमा काम गर्न, कफला ट्रान्सफर गर्न (अर्को कम्पनीमा जान वा कफिल परिवर्तन गर्न) सकिँदैन। कफिलमा निहित अन्य अधिकारहरूमा कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्दा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउन सक्ने आदि रहेका छन् । यस प्रकारका घटनाहरूमा महिनौँसम्म अदालतमा मुद्दा चल्ने र अदालतबाट निरूपण भइ वा कफिलसँग समझदारी बनाएर तिर्ने बुझाउने रकम नबुझाएसम्म जुनसुकै बेला पक्राउ पर्ने र जेल जानुपर्ने लगायत यस किसिमका जटिल समस्याबाट धेरै नेपालीहरू पीडित रहेको पाइएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...