Wednesday 29th April 2026

फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक


तोयानाथ दाहाल, उपेक्षित, कुवेतले मनिला अर्थात फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ तर कुवेतमा बसोबास गर्ने फिलिपिनो कामदारहरूले भने आफ्नो आवासिय भिषालाई नवीकरण गर्न सक्नेछन्।

यो ध्यान दिन लायक छ कि फिलिपिनो कामदारहरूको लागि भिसा निलम्बन शेख तलाल अल खालेद, अर्थात उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले जारी गरेका हुन । मनिलाले कुवेतसँग रोजगारी सम्बन्धी द्विपक्षीय सम्झौताको पालना नगरेको प्रतिक्रिया स्वरुप यो यस्तो निर्णय गरिएको भनिएको छ ।

कुवेत प्रवेशका लागि अब देखि फिलिपिनो कामदारले भिषा पाउदैन यहाँ सम्मकी जसका हातमा भिषा पुगिसकेको छ तिनले पनि आउन नसक्ने सर्कुलर अध्यागमनमा जारी भएको छ तर जसको कुवेतमा आवासिय भिषा छ उनीहरु छुट्टीमा गएको भए आउन कुनै रोक छैन र तिनले यहाँ आफ्नो कामलाई निरन्तरता दिन सक्नेछन । कुवेत र फिलिपिन्स बीच कामदारसँग सम्बन्धी विषयमा विवाद भएको यो पहिलो पटक भने होईन । यस अघि पटक पटक विवाद हुने आफ्ना नागरिकलाई कुवेत जानबाट रोक लगाउने कहिले कुवेतले आउन नपाउने गरी रोक लगाउने हुदै आएको पाईन्छ ।

फिलिपिन्स दुतावास आफ्ना नागरिकको हक हित र सुरक्षाको विषयलाई लिएर कुवेत सरकारसँग जबरजस्त रुपमा प्रस्तुत हृने गरेको छ । विगत देखि नै फिलिपिन्स का नागरिकहरुको विषयलाई लिएर कडा रुपमा प्रस्तुत हुने गरेको फिलिपिन्स ले सन २०१८ मा आफ्ना नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको थियो । त्यस बेला जोअन्ना डानाफेलिज नाम की एक घरेलु कामदार लाई यातना दिएर स्पोन्सरले मारेको उसको आरोप थियो । यसरी नै अर्को एक घटनामा लेबनानी परिवारमा काम गर्ने एक फिलिपिनी महिला लाई मारेर फ्रिजमा राखेर त्यो परिवार नै लेबनान भागेको धेरै पछि घट्ना बाहिर आएको थियो ।

गत मार्च महिनामा मात्र पनि एक पिलिपिनी महिला कामदारको मृत शरिर मरुभूमिमा फेला परेको थियो । त्यस बेला पनि मनिलाले केही समय का लागि आफना कामदार कुवेत पठाउन बाट रोकेको थियो । यसरी कुवेतलाई आफ्ना कामदारको सुरक्षाका लागि कडा कदम उठाउन फिलिपिन्स सरकार र सरकार प्रमुखद्धारा समेत आग्रह गरिन्दै आएका समाचारहरु यस अघि प्रकाशन हुदै आएको पाईन्छ ।

यसपटक भने कुवेतले नै पिलिपिन्स का नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको हो । फिलिपिन्सले सन २०१२ मा कुवेतसँग भएको bilateral Agreement लाई पालना नगरेको आरोप कुवेतले लगाएको छ तर मनिलाले भने आफ्ना कामदार कुवेत प्रवेशमा रोक लगाएको आधिकारिक पत्र नपाएको बताएको छ ।

कुवेतमा घरेलु कामदारको मुख्य हिस्सा फिलिपिन्सका नागरिकले ओगटेका छन । यसो त कुवेतमा उनीहरुको जम्मा संख्या २ लाख ६८ हजार रहेको बताईन्छ जहाँ नेपालीहरु ८० हजारको आसपासमा काम गर्दछन ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...