Monday 22nd September 2025

फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक


तोयानाथ दाहाल, उपेक्षित, कुवेतले मनिला अर्थात फिलिपिन्सका नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको छ तर कुवेतमा बसोबास गर्ने फिलिपिनो कामदारहरूले भने आफ्नो आवासिय भिषालाई नवीकरण गर्न सक्नेछन्।

यो ध्यान दिन लायक छ कि फिलिपिनो कामदारहरूको लागि भिसा निलम्बन शेख तलाल अल खालेद, अर्थात उपप्रधानमन्त्री, आन्तरिक मन्त्री र कार्यवाहक रक्षा मन्त्रीले जारी गरेका हुन । मनिलाले कुवेतसँग रोजगारी सम्बन्धी द्विपक्षीय सम्झौताको पालना नगरेको प्रतिक्रिया स्वरुप यो यस्तो निर्णय गरिएको भनिएको छ ।

कुवेत प्रवेशका लागि अब देखि फिलिपिनो कामदारले भिषा पाउदैन यहाँ सम्मकी जसका हातमा भिषा पुगिसकेको छ तिनले पनि आउन नसक्ने सर्कुलर अध्यागमनमा जारी भएको छ तर जसको कुवेतमा आवासिय भिषा छ उनीहरु छुट्टीमा गएको भए आउन कुनै रोक छैन र तिनले यहाँ आफ्नो कामलाई निरन्तरता दिन सक्नेछन । कुवेत र फिलिपिन्स बीच कामदारसँग सम्बन्धी विषयमा विवाद भएको यो पहिलो पटक भने होईन । यस अघि पटक पटक विवाद हुने आफ्ना नागरिकलाई कुवेत जानबाट रोक लगाउने कहिले कुवेतले आउन नपाउने गरी रोक लगाउने हुदै आएको पाईन्छ ।

फिलिपिन्स दुतावास आफ्ना नागरिकको हक हित र सुरक्षाको विषयलाई लिएर कुवेत सरकारसँग जबरजस्त रुपमा प्रस्तुत हृने गरेको छ । विगत देखि नै फिलिपिन्स का नागरिकहरुको विषयलाई लिएर कडा रुपमा प्रस्तुत हुने गरेको फिलिपिन्स ले सन २०१८ मा आफ्ना नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको थियो । त्यस बेला जोअन्ना डानाफेलिज नाम की एक घरेलु कामदार लाई यातना दिएर स्पोन्सरले मारेको उसको आरोप थियो । यसरी नै अर्को एक घटनामा लेबनानी परिवारमा काम गर्ने एक फिलिपिनी महिला लाई मारेर फ्रिजमा राखेर त्यो परिवार नै लेबनान भागेको धेरै पछि घट्ना बाहिर आएको थियो ।

गत मार्च महिनामा मात्र पनि एक पिलिपिनी महिला कामदारको मृत शरिर मरुभूमिमा फेला परेको थियो । त्यस बेला पनि मनिलाले केही समय का लागि आफना कामदार कुवेत पठाउन बाट रोकेको थियो । यसरी कुवेतलाई आफ्ना कामदारको सुरक्षाका लागि कडा कदम उठाउन फिलिपिन्स सरकार र सरकार प्रमुखद्धारा समेत आग्रह गरिन्दै आएका समाचारहरु यस अघि प्रकाशन हुदै आएको पाईन्छ ।

यसपटक भने कुवेतले नै पिलिपिन्स का नागरिकलाई कुवेत प्रवेशमा रोक लगाएको हो । फिलिपिन्सले सन २०१२ मा कुवेतसँग भएको bilateral Agreement लाई पालना नगरेको आरोप कुवेतले लगाएको छ तर मनिलाले भने आफ्ना कामदार कुवेत प्रवेशमा रोक लगाएको आधिकारिक पत्र नपाएको बताएको छ ।

कुवेतमा घरेलु कामदारको मुख्य हिस्सा फिलिपिन्सका नागरिकले ओगटेका छन । यसो त कुवेतमा उनीहरुको जम्मा संख्या २ लाख ६८ हजार रहेको बताईन्छ जहाँ नेपालीहरु ८० हजारको आसपासमा काम गर्दछन ।


सम्बन्धित शीर्षकहरु

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३…

प्रतिकृयाहरू
...