Tuesday 30th April 2024

अवैध कार्यमा संलग्न आप्रवासीप्रति कुवेत सरकार झनै आक्रामक


तीतोपाटी- कुवेतको अध्यायगमन विभागले गैरकानुनीरुपमा बस्दै आएका वा अवैध कार्यमा संलग्न आप्रवासी कामदारहरुलाई हालसम्म ठुलो संख्यामा पक्राउ गरेको छ। विभागले सरकारको मातहत रहेका विभिन्न निकायको सहयोगमा कुवेतको विभिन्न शहरमा प्रहरी परिचालन गरी गत एकवर्ष देखि नै उक्त धरपकड अभियान सुरु गरेको हो।

देशभर गैरकानुनी आप्रवासी कामदार पक्राउ गरेपनि उक्त पक्राउ अभियानमा के कति नेपाली पक्राउ परेका छन भन्ने कुरा अहिलेसम्म पुष्टी भएको छैन।

कुवेत सरकारले सुरु गरेको यो अभियान केहि समयको नभएर यो निरन्तर जारी रहने अभियान हो । कुवेतमा शुन्य गैरकानुनी कामदार नबनाएसम्म उक्त अभियान जारी रहने कुवेतका उपप्रधानमन्त्री, गृहमन्त्री र कार्यवाहक रक्षामन्त्री शेख तलाल अल-खालेदले बताएका छन।

कुवेत सरकारले गैरकानुनी आप्रवासीविरुद्ध विभिन्न निकायलाई परिचालन गरेको छ। उक्त निकायमा, अध्यागमन, प्रहरी, स्वयंसेवी निकाय, नागरिक प्रतिरक्षा, राष्ट्रिय अभिलेख, मानव बेचबिखनविरुद्धको इकाई र मदिरा, लागूऔषधविरुद्धको निकाय परिचालन गरेको छ ।

उपप्रधानमन्त्रीका अनुसार कुवेतमा जारी मानव तस्करीमा सरकारको नजर रहेको बताए । सरकारले अन्तराष्ट्रिय कानुन अनुसार नै त्यसविरुद्ध कारवाही गर्ने बताउदै गैरकानुनीरुपमा कुवेतमा बस्ने सबैलाई अध्यागमन र मानव बेचबिखन कानुन उलंघन गरेको आरोपमा कारवाही गरिनेछ । यस अन्तर्गत पक्राउ गर्ने, मुद्धा चलाउने र देशबाट निकाला गर्ने प्रावधान रहेको छ । कुवेतमा करिव ६० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको छ भने त्यसमध्ये करिव एक हजारको संख्यामा रहेका कामदार गैरकानुनी रहेको अनुमान छ।


सम्बन्धित शीर्षकहरु

इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पहाडले स्वर्गलाई चुम्बन गरेको जस्तो देखियो बिहानीको उज्यालोमा समुद्रको किनारमा बस्नु पर्‍यो मैले तिमीलाई नदेखेसम्म पर्खेर बसे एउटा मिठो सपना…

प्रतिकृयाहरू
...