Friday 24th July 2026

जनवरी १९मा नेपाली परोपकार समाज कुवेतकाे दोस्रो वार्षिकउत्सव तथा तथा तेस्रो साधारण सभा


कुवेत- नेपाली परोपकार समाज (NFH) गुर्पले यहि जनवरी १९ तारिख  आफ्नो दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न गर्न गईरहेको छ।
प्रवासमा रहने नेपालीहरु एक हुनु पर्छ भन्ने मान्यता राख्दै ,कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको अवस्थामा कुवेतमा रहनुभएका प्रवासी नेपाली परोपकारी मनहरु मिलेर नेपाली परोपकार समाज सन् २०२० मा कुवेतमा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको हो।

नेपाल, कुवेत, साउदी र केही युरोपियन देशमा कार्यरत नेपाली दाजुभाईहरु मिलेर आफ्नो सिप र कला र आर्जनलाई आफ्नै देशमै लगानी गर्ने र तेसबाट आएको मुनाफाको हिष्सालाई मानव परोपकार कार्यमा लगाउने उदेश्यले स्थापना भएको सो समाजले परोपकार कार्यमा ठुलो योगदान दिदै आईरहेको छ।

यो समाजले प्रवासमा अलपत्र परेका आफ्ना नेपाली नागरिकहरुको उद्दार र राहत कार्यहरुमा नेपाली दुताआवस, गैरआवशिय नेपाली संघ र कुवेतमा विध्यमान बिभिन्न संघसंथाहरुसंग सहकार्य गर्दै परोपकारी कार्यमा टेवा दिदै आईरहेको छ।
हाल कुवेत नेपाल र युरोपियन देशमा कार्यरत २०० भन्दा बढी नेपालीहरु समाजसंग आवद्द छन् ।
भविष्यमा सिपमुलक प्रवासी नेपालीहरुको शिप र लगानीमा स्वदेशमै उद्योग कलकारखाना र आयमुलक व्यावसाय गर्ने र विदेशबाट फर्कने दाजुभाई दिदीबहिनिहरुलाई स्वदेशमै रोजगारको अवसर प्रदान गर्ने उदेश्य लिएको छ।

परोपकार क्षेत्रमा काम गर्दै आईरहेको यो समाजले यहि अाउदाे जनवरी १९ तारिक कुवेतको फाहिल स्थित विश्व अन्तराष्ट्रिय नेपाली रेस्टुरेन्ट र नेपालको लागि काठमाण्डौ स्थित प्रवासी नेपाली होटलमा एकसाथ दोस्रो वार्षिक उत्सोव तथा तेस्रो साधारण भेला हुन लागेकाे जानकारी जानकारी नेपाली परोपकार समाज कुवेतका महासचिव श्री कृष्ण बा. भुजेलले जानकारी दिए।

कार्यक्रम :
मिति : २०२३ जनवरी १९
समय : ५ बजेदेखि १० बजेसम्म
स्थान : विश्व अन्तराष्ट्रिय नेपाली रेस्टुरेन्ट फाहिल
आयोजक : नेपाली परोपकार समाज कुवेत


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...