Thursday 22nd January 2026

कुवेतमा आत्महत्या गर्ने धम्की दिने १३ टर्कीस नागरिकलाई देश निकाला गरिने


कुवेत-पर्यटक भिसामा कुवेत आई काम गर्दै आएका र महिनौंदेखि तलब नपाएको कारण सल्मियाको एउटा भवनको २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिने १३ जना टर्कीस नागरिकलाई देश निकाला(डिपोर्ट) गरिने भएको छ ।

पर्यटक भिसामा कुवेत आएर काम गरेका ति टर्किस नागरिकको प्रवेशको उद्देश्य भ्रमण मात्र भएको सुरक्षा निकायले बताएको अरब टाइम्सले लेखेको छ । ‘उनीहरूलाई काममा लगाउने कम्पनी विरुद्ध कानुनी कारबाही गरिएको सुरक्षा निकायले बताएको छ । ति १३ टर्किस नागरिकले २५ औं तलाबाट हाम फालेर आत्महत्या गर्ने धम्की दिएपछि सुरक्षा अधिकारी र दमकल घटनास्थलमा पुगेको र सम्बन्धित कम्पनीका सञ्चालकले श्रमिकलाई आत्महत्या गर्नबाट वञ्चित गर्दै तत्काल तलब दिने वाचा गरेको सुरक्षा निकायले बताएको छ ।

सुरक्षा निकायले टर्कीका नागरिकले पर्यटक भिसा लिएर सबै सीमानाबाट देश प्रवेश गर्न सक्ने तर श्रम कानूनअनुसार पर्यटक भिसा बाहकले यहाँ काम गर्ने अधिकार नभएको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...