Sunday 18th January 2026

कुवेतमा घरेलु कामदारको माग बढ्दो


तोयानाथ उपेक्षित, तीतोपाटी/कुवेतमा घरेलु कामदारहरूको ठूलो माग छ । कोभिड–१९ को महामारी र त्यसको असरका बेला देशले विदेशबाट ल्याइएका घरेलु कामदारको अपर्याप्तता, महामारीका कारण विश्वभर यात्रामा लगाइएको प्रतिबन्ध र कतिपय देशले आफ्ना नागरिकलाई काममा पठाउन नचाहेको साथै कुवेतमा घरेलु कामदारमा हुने दुर्व्यवहार लगायत विभिन्न कारणले गर्दा घरेलु कामदारको अभाव भएकोमा अब भने यहाँ घरेलु कामदारको संकट समाधान हुने बाटोमा छ ।

जनजीवन सामान्य अवस्थामा फर्किएपछि नयाँ घरेलु कामदारको प्रवेश दर बढेको छ र २०२२ को पहिलो त्रैमासिकमा उनीहरूको संख्या ६,१३,००० पुगेको छ।
घरेलु कामदारहरूको संख्या कुल जनसंख्याको लगभग 13.1% रहेको छ र १०० दिनारको औसत मासिक तलबमा आधारित यस वर्गका कामदारहरूका लागि वार्षिक खर्च लगभग ७३५.६ मिलियन दिनार हुने गर्छ । महिला घरेलु कामदारहरूले कुल पारिवारिक क्षेत्रका कामदारहरूको 50.1% ओगटेका छन्, र उनीहरू लगभग 15 एसियाली र अफ्रिकी देशहरूबाट आउने गरेका छन् ।

वर्षको पहिलो त्रैमासिक अवधिमा घरेलु महिला कामदारको संख्यामा ७ हजार ५८७ नयाँ कामदारले वृद्धि भएको देखाएको छ । फिलिपिन्सले यस अवधिमा कुल संख्याको 62.8% सबैभन्दा उच्च अनुपातको प्रतिनिथित्व गरेको छ भने त्यसपछि भारत आउछ ।

नेपालले सन २०१४ मा घरेलु कामदारलाइ खाडी मुलुकमा पठाउन रोक लगाए यता अवैधानिक माध्यमबाट घरेलु कामदारहरू कुवेत अाएपनि सरकारी प्रतिबन्धको कारण उल्लेख्य रूपमा अाउन नसकेको यस समयमा सरकारले नीतिगत सुधार गरेर घरेलु कामदार खुला गरिदिने हो भने धेरै बेरोजगार युवा युवतीले अाकर्षक तलवको रोजगारी पाउने र सरकारलाइ रेमिट्यान्सबाट अझ बढि अामदानी हुने निश्चित छ । संगठित क्षेत्रको कामदारको भन्दा घरेलु कामदारको औसत मासिक तलबमा धेरै नै बढि रहेकोले यस विषयमा सरकारले ढिला नगरी कामदार सुरक्षित हुने गरि गृहकार्य गरेर दुइ देश बिच समझ्दारी/सम्झाैता गरेर कामदार पठाउनु श्रेयस्कर मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...