Monday 12th January 2026

कुवेतमा नयाँ संस्था”प्रवासी इलामेली समाज कुवेत”को गठन


तितोपाटी डटकम-कुवेतमा रहेका नेपालीहरु एकतृत हुँदै नेपालीहरुकै सेवाका लागि र सामाजिक हातेमालोमा लाग्ने प्रणका साथ खुलेका करिब ७० वटा नेपाली संघ्-संस्थाहरुसंग हातेमालो गर्दै ईलाम घर भई कुवेतमा रहेका ईलामेलीहरुलाई समेटेर”प्रवासी इलामेली समाज कुवेत”को स्थापना भएको छ।हिजो अगस्ट १०, शुक्रबार कुवेतको फर्वानिया पार्कमा बसेको ईलामेलीहरुको भेलाले “प्रवासी इलामेली समाज कुवेत”को गठन गरेको हो।
हिजो भएको भेलाले सर्बसहमतीमा “प्रवासी इलामेली समाज कुवेत”का लागि निम्न पधाधिकारीहरु चयन गरेको छ।

सल्लाहकारहरु:गोपाल गदाइली,रोशन राई
अध्यक्ष: चक्र कुलुङ राई
उपाध्यक्ष: वसन्त साँवा लिम्बू
सचिव: मनकुमार तामाङ
सहसचिव: मनप्रकाश लिम्बू
कोषाध्यक्ष: किरण तिरुवा
सहकोषाध्यक्ष: किशोर खाती
युवा संयोजक: निमा गुरुङ
महिला प्रमुख: झुमा मगर
खेल प्रमुख: बुद्धिमान राइ
सदस्यहरुमा चित्र राइ, बुद्ध साम्बाहम्फे, आशबिर राई, घनेन्द्र राई, कुमार गुरुङ, डम्बर राई, दिनेश धमला, टेक साम्पाङ, हेमराज धिमाल, प्रविण राई र तुलसादेवी चौहान रहेका छन।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...