सङ्घर्षमय मेरा ती यात्राहरुमा
जिन्दगीका अनगिन्ती कठिनाईहरु
कहालिलाग्दो मरूभूमिको माझमा
खाना नाना र छानाको बन्दोबस्तको लागि
भौतारि हिड्ने म यन्त्रमानव ।
उज्वल भविष्यको श्वैर कल्पनामा
दस नङ्ग्रा खियाइरहेछु लगातार
कर्तव्यपरायण्ता र अभिभावकत्व निभाइरहेछु
एकोहोरो निर्जीव यन्त्र झै परिचालित छु ।
सकिन भाग्न अकर्मण्यता बाट
सकिन भाग्न सङ्घर्षणील जिवनबाट
सकिन भाग्न बाध्यता बाट
अनि सकिन रोक्न अग्रगामी पाइलाहरु ।
अझै चालिरहेछु उज्यालो हिमालतिर
मेरा यी खिईसकेका खुट्टाहरु
जीवन सार्थक बनाउन कालो अन्धकारमा
वर्षौदेखि घस्रीरहेछु अगाडि निरन्तर
मेरो अन्तिम सास रहेसम्म ।