Sunday 22nd June 2025

रेमिट्यान्स मार्फत वैधानिक च्यानलबाट नेपाल पैसा पठाउँदा तपाइको छुट्टै सान र मान


राम बस्नेत – नेपालको अर्थतन्त्रले अहिले ठुलो चुनौती सामना गरीराखेको छ । कुनैपनि बेला श्रीलंकाको जस्तो नाजुक र खराव स्थिती नेपालको अर्थब्यबस्थामा आउन नदिनको लागी सचेत नागरीकले वैधानिक च्यानलबाट तपाईंको मिहिनेतको कमाइ रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनुहोस । वैधानिक च्यानलबाट नेपाल पैसा पठाउदा देशको अन्तर्राष्ट्रिय मुद्रा संचयकोष राष्ट्रिय ढुकुटीलाइ बडोत्तरी हुनलाइ सघाउने छ । विदेशमा रह्नुहुने नेपाली नागरिकले वैधानिक च्यानलबाट पैसा पठाउदा सबैको मान र सान बडनेछ । वैधानिक च्यानलबाट रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउदा तपाइँले गरेको रेमिट्यान्स कारोवारको विदेश र नेपालमा तथ्यांक रेकर्ड भेटिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषमा वृद्धि हुन जान्छ । महङ्गी विधिवत रुपमा बड्न पाँउदैन जसले राष्ट्रिय गौरवको विषयमा ठुलो महत्व राख्दछ ।

के हो त वैधानिक च्यानलबाट पैसा पठाउने माध्यम: रेमिट्यान्स मार्फत सेवासुल्क तिरेर दोस्रो मुलुकबाट गन्तव्य मुलुकमा पैसा पठाउने भरपर्दो माध्यम हो ! पैसा पठाइ सकेपछि सेवाग्राहिले काउन्टरबाट सर्त पुरा गरी भुक्तानी गरेको रसिद बिल प्राप्त गर्दछ जस्को रेकर्ड देस-विदेशमा हुने गर्दछ ।

विदेशबाट वैधानिक च्यानल मार्फत पैसा पठाउन कहाँ जाने : सेवाग्राहीले आफुले रोजेको मनि एक्सचेञ्ज वा रोजेको स्थानिय बैंक मार्फत सेवा लिन सक्ने छन । अहिले डिजिटल प्रविधिको समयमा सेवाग्राहीले रोजेको रेमिट्यान्स कम्पनीको राष्ट्रबैंकबाट इजाजत प्राप्त मोबाइल एप्लिकेसनबाट सेवाग्राहीले रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउन सक्नेछन ।

अवैध-गैरकानुनी च्यानलबाट विष्वका केहि देशहरुबाट हुन्डि मार्फत पैसा पठाउने गरेको सुनिएको छ । सट्टा-पट्टा मार्फत हिताधिकारीले पैसा प्राप्त गरे पनि वास्तवमा त्यो पैसा नेपाल पुगेको हुदैन र जस्को कुनै रेकड हुदैन । पैसा पठाउने -पाउने दुवैलाइ बिल-रसिद प्राप्त हुदैन ।
उजुरी परिहाल्यो भने सम्बन्धित देशको कानुनले हुन्डी कारोवारीलाइ अवैध ठहराउदछ । हुन्डी गर्ने र गराउने दुवैलाइ सम्बन्धित देशको प्रचलित कानुन अनुसार कडा कार्वाही हुने ब्यबस्था रहेको छ ।
हुन्डी कारोवारको कुनै तथ्यान्क रेकड हुदैन । हुन्डी कारोवारीले देश-विदेशमा कर छली गर्ने गर्दछ्न ।

हुन्डी अवैध र गैरकानुनी भएकोले सचेत नागरिकले वैधानिक च्यानल मार्फत नेपाल रेमिट्यान्स पैसा पठाउनुहोस ।
रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउदा तपाईंको मान र सान बेग्लै हुनेछ, मान र सान बड्नेछ जस्ले देशको राष्ट्रिय अर्थतन्त्र सुधार गर्न विशेष भूमिका निर्वाह गर्दछ र राष्ट्रिय गौरवमा ठुलो महत्व राख्दछ ।

सचेत नागरिकले रेमिटान्स मार्फत वैधानिक च्यानल प्रयोग गरी नेपाल पैसा पठाउनुहोस । तपाईंको कमाइको रेकड देश विदेशमा भेटिनेछ । तपाईंको मिहिनेतले विदाेशबाट आर्थिकैर्पाजन गरी जोडेको कमाइले भविष्यमा मुलुक फर्की सकेपछि सम्पती सुद्धिकरणलाइ प्रमाणित गराउन सहह्योग पुर्याउने छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतभरिका लुलु हाइपरमार्केटहरूले आफ्ना कर्मचारीहरूका लागि विशेष योग जागरूकता सत्र आयोजना गरेर जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउन विश्वव्यापी…

अमेरिकी एफडीएले गिलियड साइन्सेजको लेनाकापाभिर इन्जेक्सनलाई अनुमोदन गरेको छ। एचआईभी रोक्न यो सुई वर्षमा दुई पटक दिइनेछ। यो पूर्व-एक्सपोजर प्रोफिलेक्सिसको…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चीनसँगको संयुक्त अध्ययनमा हिमाली राष्ट्रमा ठूलो मात्रामा मिथेन ग्यासको भण्डार पत्ता लागेको कुरालाई शुभ…

प्रतिकृयाहरू
...