Tuesday 11th November 2025

एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडासैनीद्वारा पदबाट राजीनामा


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष उमेश पुडासैनीले उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उपाध्यक्ष पुडासैनीले एनआरएनए आइसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि हिँजो एनसीसी कुवेतको उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनले कुवेतबाट आइसीसी सदस्यमा निर्वाचित सदस्य माधब पौडेललाइ राजीनामा पत्र बुझाएका हुन् ।

गत अक्टोबर २०२१ मा हुनु पर्ने गैर आवासीय नेपाली संघको दसौं अन्तर्राष्ट्रिय सम्मेलन यथा समयमा हुन नसकेपछि संस्थापन पक्ष र संरक्षक परिषदले आ-आफ्नै तरिकाले एनआरएनलाइ अघि बढाउने सम्मको अबस्था सिर्जित भइ प्रमुख संरक्षक शेष घलेको प्रयासमा यहि मार्च २२-२५ मा गैर आवासीय नेपाली संघको दसौं अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा सोही सम्मेलन मार्फत बन्ने अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सहभागी हुनु अघि पुडासैनीले राजीनामा दिएका हुन् ।

राजीनामा जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...