Friday 24th July 2026

एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडासैनीद्वारा पदबाट राजीनामा


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष उमेश पुडासैनीले उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उपाध्यक्ष पुडासैनीले एनआरएनए आइसीसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि हिँजो एनसीसी कुवेतको उपाध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनले कुवेतबाट आइसीसी सदस्यमा निर्वाचित सदस्य माधब पौडेललाइ राजीनामा पत्र बुझाएका हुन् ।

गत अक्टोबर २०२१ मा हुनु पर्ने गैर आवासीय नेपाली संघको दसौं अन्तर्राष्ट्रिय सम्मेलन यथा समयमा हुन नसकेपछि संस्थापन पक्ष र संरक्षक परिषदले आ-आफ्नै तरिकाले एनआरएनलाइ अघि बढाउने सम्मको अबस्था सिर्जित भइ प्रमुख संरक्षक शेष घलेको प्रयासमा यहि मार्च २२-२५ मा गैर आवासीय नेपाली संघको दसौं अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा सोही सम्मेलन मार्फत बन्ने अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सहभागी हुनु अघि पुडासैनीले राजीनामा दिएका हुन् ।

राजीनामा जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।…

ब्रह्माण्डको गहिराइमा रहेको एक विशाल तारा WOH G64 आफ्नो जीवनको अन्तिम चरणमा पुगेको वैज्ञानिकहरूले बताएका छन्। पृथ्वीबाट करिब १ लाख…

विज्ञानले जीवनको अर्थबारे के पत्ता लगाएको छ ? हाम्रो अस्तित्वको रहस्य के हो ? मानिसले हजारौँ वर्षदेखि एउटा प्रश्न सोध्दै…

प्रतिकृयाहरू
...