Saturday 17th May 2025

नेपाल-युएई संयुक्त समितिको बैठक आबुधावीमा बस्दै


तितोपाटी- नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ। नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने सचिवालयले जनाएको छ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने कार्यसूची छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका अनुसार बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यन्वयनबारे समीक्षा हुनेछ। यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल हुनेछ। पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि छलफल गरिनेछ।

श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदैछ। भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ। सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्ने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार युएईको राजधानी आबुधाबी आइपुगेको हो। आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरव इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए। बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन्।

साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरेबियाले उत्पादकत्व र दिगोपन बढाउने उद्देश्यले उन्नत रोबोटिक्सको साथ आफ्नो कृषि क्षेत्रलाई रूपान्तरण गर्दैछ। कृत्रिम बुद्धिमत्ता-संचालित मेसिनहरूले खजूरको…

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका…

कृष्ण ज्ञवाली-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले राजनीतिक दबाब खेप्न नसक्दाको प्रभाव उसले लिने निर्णय र अभियोजनमै देखिन थालेको छ ।…

प्रतिकृयाहरू
...