Monday 14th July 2025

नेपाली राजदूतावास कुवेतले आगामी मार्च २५ मा रक्तदान कार्यक्रम संचालन गर्ने


तीतोपाटी – नेपाली राजदूतावास कुवेतले आगामी मार्च २५ मा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली राजदूतावास कुवेतले हिँजो एक सूचना प्रकाशित गरि दूतावासको आयोजना तथा नेपाली समुदाय कुवेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा आगामी २५ मार्च २०२२ शुक्रवारका दिन रक्तदान कार्यक्रम गर्न लागिएको जनाएको हो ।

सन्‌ १९७२ मा नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन्‌ २०२२ मा) ५० वर्ष पुरा भएको अवसरमा सन २०२२ भरि नै विविध कार्यक्रम गरी मनाउने क्रममा नेपाली राजदूतावास कुवेतले “रक्तदान जीवनदान” जस्तो महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो ।

स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने दूतावसले जनाएको छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास कुवेतले आग्रह गरेको छ ।

रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र रक्तदान गरे पस्चात ध्यान दिनुपर्ने कुराहरू :

रक्तदान गर्नु भन्दा पहिलेः
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।
३) अघिल्लो रात प्रसस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिमिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाले ।

रक्तदान गरी सके पश्चात:
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रसस्त पिउने ।
३) घेरै हिडडुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।

रक्तदान कार्यक्रमको विवरणः
मितिः शुक्रबार, २५ मार्च २०२२ ।
समयः दिउसो १ बजेदेखि ।
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।

उल्लिखित रक्तदान कार्यक्रमबारे निम्न बमोजिमको नम्वरहरूमा सम्पर्क गरी रक्तदान बारे बिस्तृत जानकारी लिन सकिने छ ।
१) ९८८६९१२१ – द्वितीय सचिव जानकी ओझा ( नेपाली राजदूतावास)
२) २५३२१६०३ – द्वितीय सचिव श्रीकृष्ण सिलवाल (नेपाली राजदूतावास)
३) +९६५-६९६१४९९४- राजु गुरूङ (नेपाली समुदाय)
४) +९६५-५५५४१३७१ – खोप गुरूङ (नेपाली समुदाय)



सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...