Monday 7th September 2026

नेपाली राजदूतावास कुवेतले आगामी मार्च २५ मा रक्तदान कार्यक्रम संचालन गर्ने


तीतोपाटी – नेपाली राजदूतावास कुवेतले आगामी मार्च २५ मा रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली राजदूतावास कुवेतले हिँजो एक सूचना प्रकाशित गरि दूतावासको आयोजना तथा नेपाली समुदाय कुवेतको सहयोगमा कुवेतको सेन्ट्रल ब्लड बैंक, जाब्रियामा आगामी २५ मार्च २०२२ शुक्रवारका दिन रक्तदान कार्यक्रम गर्न लागिएको जनाएको हो ।

सन्‌ १९७२ मा नेपाल र कुवेत बीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन्‌ २०२२ मा) ५० वर्ष पुरा भएको अवसरमा सन २०२२ भरि नै विविध कार्यक्रम गरी मनाउने क्रममा नेपाली राजदूतावास कुवेतले “रक्तदान जीवनदान” जस्तो महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो ।

स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने दूतावसले जनाएको छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास कुवेतले आग्रह गरेको छ ।

रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र रक्तदान गरे पस्चात ध्यान दिनुपर्ने कुराहरू :

रक्तदान गर्नु भन्दा पहिलेः
१) साधारण पौष्टिक खाना खाने, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।
३) अघिल्लो रात प्रसस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिमिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाले ।

रक्तदान गरी सके पश्चात:
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रसस्त पिउने ।
३) घेरै हिडडुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।

रक्तदान कार्यक्रमको विवरणः
मितिः शुक्रबार, २५ मार्च २०२२ ।
समयः दिउसो १ बजेदेखि ।
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।

उल्लिखित रक्तदान कार्यक्रमबारे निम्न बमोजिमको नम्वरहरूमा सम्पर्क गरी रक्तदान बारे बिस्तृत जानकारी लिन सकिने छ ।
१) ९८८६९१२१ – द्वितीय सचिव जानकी ओझा ( नेपाली राजदूतावास)
२) २५३२१६०३ – द्वितीय सचिव श्रीकृष्ण सिलवाल (नेपाली राजदूतावास)
३) +९६५-६९६१४९९४- राजु गुरूङ (नेपाली समुदाय)
४) +९६५-५५५४१३७१ – खोप गुरूङ (नेपाली समुदाय)



सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...