Wednesday 12th November 2025

दक्षिण कोरियाले कोरोनाको कारण देखाइ नेपाली श्रमिक लैजान रोक लगायो


केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीब्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीब्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए ।

उनले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास दिलाए । रोजगार अनुमति प्रणाली ९इपीएस०अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...