Sunday 26th July 2026

ग्रिस जाने क्रममा ज्यान गुमाएका २ नेपालीको शव ल्याइयो


तीतोपाटी, काठमाडाैं – ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो ।

नेपाल सरकारको श्रमिक कल्याणकारी कोषबाट गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा र भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामाको शव बुधबार अपरान्ह काठमाडौं ल्याइएको हो ।

कैलालीका लक्ष्मण सापकोटाको शव विमानस्थलमा बुझेर कैलाली लाँदै गरिएको मृतकका भतिज गणेश सापकोटाले बताए ।

दोलखाका राजु लामाको भने काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिने मृतकका भाई अमर लामाले बताए ।

उक्त सडक दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र घिरिङ गाउँपालिका–५ तनहुँका ओमबहादुर थापाको शव ल्याउन भने गैरआवासीय नेपाली संघ (एनआरएन)ले ७ हजार २ सय यूरो संकलन गरेर ग्रीस पठाइएको छ ।

उनीहरूको शव नेपाल ल्याइने प्रकृया अन्तिम चरणमा पुगेको एनआरएनए टर्किका अध्यक्ष उज्वल कुमार घिसिंङले बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...