Wednesday 14th October 2026

कविताः हरे ! जिन्दगी


मुटु काप्ने जाडोमा ताप दिने राप छैन
बिल्लिबाठ भएका छन बबुवाहरु,
न कतै केही काम पाए ।
उदाङ्गो छाना मुनि लुटिएका छन छोरीहरु
खोइ? न कुनै सरकारले कानुन लाए ।।
गला त जिन्दगी भर खाली थियो
न कहिले सुन लाए
बिल्नु थियो तरकारी न मैले नुन पाए ।
न त पैसा थियो हातमा, खाली हात
न कसैलाई गुन लाए ।।
भोक, रोग ,अशक्ताहरुको
त्यही नमिठो धुन पाए
गरिबीको बस्ती भित्र किन आउँछ
बारबार कोरोना?
अभावको सिरानी हाले न त
कहिले सकुन् पाए ।।
न ओत लाग्ने छहारी न त न्यानो घाम
फेरिन्थ्यो कि केही यो दैनिकीमा
समृद्धिको सपनालाई छुन पाए ।
खुसीहरु फुल्थे होलान् आसाका जुन लाए! ।।

मन गहिरे
तानसेन पाल्पा।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...