Friday 14th August 2026

कविताः हरे ! जिन्दगी


मुटु काप्ने जाडोमा ताप दिने राप छैन
बिल्लिबाठ भएका छन बबुवाहरु,
न कतै केही काम पाए ।
उदाङ्गो छाना मुनि लुटिएका छन छोरीहरु
खोइ? न कुनै सरकारले कानुन लाए ।।
गला त जिन्दगी भर खाली थियो
न कहिले सुन लाए
बिल्नु थियो तरकारी न मैले नुन पाए ।
न त पैसा थियो हातमा, खाली हात
न कसैलाई गुन लाए ।।
भोक, रोग ,अशक्ताहरुको
त्यही नमिठो धुन पाए
गरिबीको बस्ती भित्र किन आउँछ
बारबार कोरोना?
अभावको सिरानी हाले न त
कहिले सकुन् पाए ।।
न ओत लाग्ने छहारी न त न्यानो घाम
फेरिन्थ्यो कि केही यो दैनिकीमा
समृद्धिको सपनालाई छुन पाए ।
खुसीहरु फुल्थे होलान् आसाका जुन लाए! ।।

मन गहिरे
तानसेन पाल्पा।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...