पलमा बलले गरिने कमान , सम्झेर आँसु झर्छ ,
पगमा कलश भरिने फगत , दिलासा दिई मर्छ।
जगमा जगाइ हसाइ भएछ , बेकार भयो अर्थ
नगमा गलाइ जमेको रछान , सुलभ बन्यो सर्त।
नजर चलेछ गजब भएर , दृश्यमा त्रुटी भयो,
कलेश बढेर आउँदा सहेर, तनाव बढि गयो।
मन्दिर धाउन नपर्ने गराउ,मस्तिष्क खाली रह्यो ,
गलती छुपाउ तिमीले अबत दिमाग बाँकी भयो
जलन सदैव बढने किनहो , ब्यापार खाइ दियो
दिपक निभेको जलेन कहिले,दिपकै बुझी गयो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”