Thursday 1st January 2026

काँग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित


तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो ।

सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी डा. शेखर कोइरालाले१८ सय ५५ मत प्राप्त गर्नुभएको छ । यसैगरी ३३ मत बदर भएको छ । यद्यपी, औपचारिक घोषणा हुन भने बाँकी छ ।
पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा मतपेटीकामा मत खसालिएको थियो ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...