Friday 15th May 2026

कुवेतमा अबैध घरेलु र आयातित मदिरा सहित ३ नेपाली पक्राउ


तीतोपाटी डटकम-कुवेत सिटी-कुवेतमा घरेलु र आयातित मदिरा सहित ३ जना नेपाली पक्राउ परेका छन।उनिहरुलाई ९० बोतल मदिरा बिक्री गर्दैको अवस्थामा पक्राउ गरिएको हो।

साल्मिया क्षेत्रमा नियमित गस्तीमा खटिएका सुरक्षाकर्मीलाई देखेर फुटपाथ क्षेत्रमा पार्किङ गरेको गाडीका चालक भाग्न खोजे पछी प्रहरीले पिछा गरी मदिरा बिक्रेतालाई पक्राउ गरेको हो। चालकलाई पक्राउ गर्दा गाडीको डिकीमा ठूलो परिमाणमा घरेलु र आयातित मदिरा फेला परेको थियो।

उनिहरुलाई नोभेम्बर १ तारिक सोमबार पक्राउ गरिएको हो। पक्राउ परेका तिनै जना नेपाली कामदारहरुको परिचय खुलाईएको छैन भने उनीहरुलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...