मन हाँस्दै थियो
परिस्थिती नाँच्दै थियो
जताततै रमाइलो पन
खुसीका लहर आउँदै थियो
आयो, आयो भन्दै गाउँ बेसी
रमाउँदै थियो
कसैका परदेशी आए
कसैका स्वदेशी आए
सोचे भन्दा धेरै
घर आँगनमा खुसी छाए।
तर
कता – कता एक कुनामा
खुसीहरू चोइटिएर
त्यो दिनको प्रतिक्षामा
आफ्ना कैयन वर्षहरू
अँध्यारो मनभित्र
उज्यालोको खोजीमा
प्रतीक्षा गर्दागर्दै न आयो उज्यालो
न धपक्क निभो मनको अँध्यारो
यही लडाईको हार जितमा
वर्षौं सोच्दा सोच्दै सकियो
मनको रमाइलो
फेरि पनि खिस्स मुख हसाउँदै
चोइटिएको मनलाई
चाडपर्वको नाम उनेर
दशैँको शुभकामना लेख्न नै पर्यो।।
नारायण कोइराला
२३/६/२०७८
तानसेन पाल्पा