-माधव पाैडेल ‘असल यात्री’
हजुर बुबाको माया,
मिर्मिरे उज्यालो ,
अंगेनाको राप
कुडेभरि सुबर्णे गाईको दूध
एक मुठ्ठी चामल
सानो पितल को पन्यु
मायाले भरिएको त्यो हात
हल्लिए धेरै बेर हल्लिए
हाम्रै खुशिको लागि
हो अोठकै मुस्कान को लागि
तयार भएछ भोजन
दिदीको हुकुम अायो
“वोई सबैजना उठ”
अाज त खिर पाकेछ
म ब्युझे र सोचे
बिहान किन खिर पाक्यो
हतार हतार अाँखा मिच्दै
पुगे ध्वासोले लत्पतिएको पात्रो हेर्न
साच्चै हो रहेछ अाज साउन पन्ध्र ।