Sunday 5th May 2024

कुवेतमा कोरोनाविरूद्धको खोप लगाउनेको संख्या ७० प्रतिशत भन्दा बढी


तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको झण्डै ८ महीनामा ७० प्रतिशत भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन ।

७० प्रतिशत भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्री डा.बसेल अल सबाहले मंगलबार सामाजिक संजालमा ट्विट गर्दै बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ ।

मन्त्री डा.बसेल अल सबाहले सबै मेडिकल, टेक्निकल र स्वैच्छिक टोलीका साथै सबै राज्य निकायहरूले गरेको सहयोगको प्रशंसा गर्दै उनले भने लक्षित क्षेत्रहरुलाई सेवा प्रदान निरन्तर दिने र सर्वसाधारणलाई स्वास्थ्य सावधानी अपनाउन र कोभिड-१९ को खोपका लागि दर्ता गर्न आग्रह गरे। मन्त्री डा.बसेल अल सबाहले राम्रो परिणामका साथ यस महामारीबाट बाच्नको लागी खोप आवश्यक रहेको जनताले बुझी सकेको जनाएका छन।

यसै बीच हिजो मन्त्रिपरिषद्लाई कोभिड १९ महामारीको बीचमा देशको स्वास्थ्य स्थितिबारे स्वास्थ्य मन्त्री शेख डा. बस्सेल हुमाउद अल सबाहले जानकारी गराएका थिए। त्यसै क्रममा मन्त्रीले कोरोनाभाइरस सम्बन्धी मृत्यु, संक्रमण र अस्पतालमा भर्ना हुने क्रम लगातार कमी हूदै आएको उल्लेख गर्दै निको हुने दर ९८.३ प्रतिशत सम्म पुगेको बताए।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...