Saturday 11th April 2026

कुवेतबाट गायक बिबी मल्ल ग्लोबल एनआरएन सिंगिङ आइडलकाे टप 15 मा प्रवेश


 कुबेतका लोकप्रिय गायक बिबी मल्ल ठकुरी  गैर आवासीय नेपाली संघ द्वारा संचालन  गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलकाे टप 15  मा प्रबेस  गरेका छन । बिभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै  गायक मल्लले टप 15 को यात्रा तय गरेका हुन् ।

नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक   परिवार  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज  कुबेत जस्ताको सस्थामा आबद्द र नेतृत्व गरि सकेका गायक मल्ल लोक गित पप आधुनिक गीत गायक हुन् । काली मेरै हो बोलको गितबाट थप चर्चा कमाएका गायक मल्ल अहिले  ग्लोबल एनआरएन सिंगिङ आइडलकाे टप 15  मा पुगेपछि थप चर्चा बढेको छ ।
Open photo
ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिस्पर्धी छनौट भएका थिए । भर्चुअलमार्फत् भएको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को ‘गाला राउन्ड’बाट २५ जना प्रतिस्पर्धी छनौट भएका थिए, ति २५ मध्येबाट अहिले टप १५ मा पुगेको छ जसमा कुबेतका गायक मल्ल पनि टप 15 मा छनोट भएका हुन  । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका ३० जनामध्येबाट ‘गाला राउन्ड’मा २५ जना पुगेका थिए । २५ जनाबाट अहिले टप 15 छनाेट भएकाे हो । ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू चर्चित  गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् ।  निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताएका छन् । ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् । अब जति भोट गर्यो उति नै आफ्नो अघिल्लो चरणको यात्रा सहज हुने बताउदै गायक मल्लले एनआरएनए कुबेत, नेपाली संघसस्था लगायत कुबेतबासी नेपालीमा आफुलाई सहयोग गर्न अनुरोध गरेका छन । गायक मल्लको भोटिंग कोड ०४ रहेको छ ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार ४ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ, चौथो पुरस्कार १ लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ ।भने  फाइनलमा  प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...