Friday 26th December 2025

क्यूआर कोडसहितको खोप कार्ड वितरण शुरु


तितोपाटी- विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार) बिहान १० बजेबाट कार्ड वितरण शुरु गरिएको केन्द्रका प्रवक्ता डा.जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

विदेश जानेहरुका लागि प्राथमिकताका आधारमा कार्ड वितरण गरिने र दैनिक एक हजार जनलाई यस्तो कार्ड वितरण हुने उहाँले बताउनुभयो । यस्तो विद्युतीय कार्ड प्राप्त गर्नका लागि खोप लगाएको सक्कल कार्ड, राहदानीको फोटो कपी र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने हुन्छ ।साथै यसका लागि अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ । सरकारले अहिले आयुर्वेद अस्पताल कीर्तिपुरबाट यो सेवा शुरु गरेको र विस्तारै अन्य जिल्लामा पनि शुरु गर्ने बताइएको छ । यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिनुभएको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो । कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री देउवाले जोड दिनु भएको थियो।

गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...