Friday 26th December 2025

वैदेशिक रोजगारी : एक वर्षमा १ सय ४० जनाले गरे विदेशमै आत्महत्या


तीतोपाटी डटकम -काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका एक सय ४० जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै वैदेशिक रोजगारीको क्रममा एक सय ३६ जना पुरुष र ४ जना महिला गरी १४० जनाले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक सय १९ जनाको वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटना ज्यान गएको छ । एक सय १६ जना पुरुष र तीन जना महिलाको सडक दुर्घटना ज्यान गएको हो ।

बोर्डका अनुसार विभिन्न रोगका कारण ४२७ जनाको, कार्डियाक अरेस्टको कारण १०४ जनाको, कार्यस्थल दुर्घटनामा परी २६ जनाको, प्राकृतिक कारणबाट १७१ जनाको ज्यान गएको छ भने २ जनाको हत्या भएको छ ।

अन्य विभिन्न कारणबाट २४८ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका छन् भने ५ जनाको मृत्युको कारण अनुसन्धान भइरहेको छ ।

साभार-उज्यालो अनलाइन


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...