Monday 27th July 2026

विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा धमाधम अशुली हुँदै, मन्त्रालय भन्छ ‘नि:शुल्क’


तीतोपाटी डटकम-काठमाडौँ | विदेश जानेसँग खोप प्रमाणीकरणको नाममा सिभिल अस्पतालले धमाधम पैसा अशुलिरहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको निशुल्क प्रमाणीकरण लिन सक्ने निर्णय गरेको थियो । त्यसो त मन्त्रालयले जारी गरेको सूचनामा समेत खोप लगाएको प्रमाणीकरण निशुल्क हुने समेत उल्लेख छ ।

 

यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पताल, टेकुबाट यो सेवा दिँदा रु ६०० लिने गरिएको थियो । प्रमाणीकरण लिन घन्टौं लाइन बस्नुपर्ने, पैसा तिर्नुपर्ने र एक ठाउँबाट मात्र सेवा लिन बाध्य भएको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको थियो । तर नयाँ बानेश्वर स्थित सिभिल अस्पतालले खोप प्रमाणीकरणको नाममा प्रतिव्यक्ति तीन सय अशुली गरिरहेको प्रमाण साझा सबाल मिडियालाई प्राप्त भएको छ । सोमबार अस्पतालमा सेवा लिन पुगेकाहरुले प्रति व्यक्ति तीन-तीन सय तिरेर खोप लगाएको प्रमाण बनाउन बाध्य भएको बताएका छन् ।

 

यसै सम्बन्धमा खोप प्रमाणीकरणको जिम्मा पाएको काठमाडौँ स्थित सशस्त्र प्रहरी बल अस्पतालले भने खोप प्रमाणीकरणको लागि कुनै पनि शुल्क नलिएको जनाएको छ । सरकारले निशुल्क भनेको अवस्थामा सिभिल अस्पतालले किन पैसा अशुली गरेको भन्ने प्रश्न सहित उक्त अस्पतालमा जानकारी लिन दिनभर फोन सम्पर्क गर्न खोज्दा अस्पतालले फोन उठाएन ।
-साझासबाल डटकमबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...