तीतोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशन हिँजो २३ जुलाइ २०२१ शुक्रबारको दिन सम्पन्न भएको छ । कोभिड महामारीको कारण भाैतिक रूपमा महाधिवेशन आयोजना गर्न असम्भव भएपछि अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले सुजन केसिको नेतृत्वमा रहेको पुरानो कार्य समितिलाइ विघटन गरि राणाध्वज लामाको नेतृत्वमा सर्वसम्मत २९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।
एनसीसी कुवेतका निवर्तमान अध्यक्ष सुजन केसि को सभाध्यक्षता, कुवेतका लागि नेपाली राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनएका केन्द्रिय उपाध्यक्ष तथा वैदेशिक विभाग प्रमुख डा. बद्री केसी तथा केन्द्रिय महासचिव डा. हेम शर्माको विशिष्ट आतिथ्यता, केन्द्रिय सचिव आर. के. शर्मा, केन्द्रिय प्रवक्ता डी बी क्षेत्री, मध्यपूर्व संयोजक प्रविण गुरूङ र उपसंयोजक राजेन्द्र अर्यालको विशेष आतिथ्यता, मध्यपूर्व युवा संयोजक राज रेग्मी, आइसीसी सदस्य अमित चाम्लिङ राइ, मध्यपूर्व महिला संयोजक सुमित्रा देवी पौडेल लगायत विभिन्न देशका एनआरएन अभियन्ताको आतिथ्यता, कुवेतमा कृयाशिल नेपालका राजनैतिक पार्टीका भातृ संगठनका पदाधिकारी प्रतिनीधि, पत्रकार तथा एनसीसी कुवेतमा आवद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा अतिथिहरूबाट शुभकामना मन्तव्य तथा निर्वाचन समितिबाट नवनिर्वाचित कार्य समितिको नामावली घोषणा पश्चात सपथ गराइ सम्पन्न भएको थियो ।
दुइ सत्रमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश वक्ताहरूले २०१९-२०२१ को लागि निर्वाचित भएको निवर्तमान अध्यक्ष सुजन केसिको कार्यकालको श्रमिकमैत्री कार्यहरूको प्रशंसा गर्दै एनसीसी कुवेतको कदमको मुक्तकण्ठले खुलेर स्वागत गरेका थिए भने एनसीसी कुवेतले सहमतिको बाटो अंगाली संसारभरका एनआरएनहरूलाइ एउटा सकारात्मक सन्देश दिएको बताएका थिए । पुरानो कार्य समितिलाइ विदाइ गर्दै नयाँ कार्य समितिलाइ बधाई तथा शुभकामना दिने क्रममा वक्ताहरूले नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिकेर अझ बढि कार्यहरू गर्नु पर्ने बताएका थिए । अतिथिहरूले स्थापनाकालको एनआरएन भन्दा निकै परिस्कृत रूपमा एनआरएन रूपान्तरित भएको बताउँदै अब मध्यपूर्वका एनआरएनहरूले केन्द्रिय नेतृत्व हांक्न सक्ने गरि विधानलाइ संसोधन गरिएको तथा थोरै रकम भएका एनआरएनलाइ समेत मालिक बनाउने प्रकृयामा एनआरएन लागेको बताएका थिए भने एक पटकको एनआरएन सधैंभरको एनआरएन हुन पाउने व्यवस्था अन्तर्गत अनलाइन माध्यमबाट जहाँ कहिँबाट पनि मतदान गर्न पाउने र एनआरएन भित्र राजनीति घुस्न दिन नहुने तथा नदिने तर्फ सबै सजग हुनु पर्ने बताएका थिए ।
पहिलो सत्रको कार्यक्रमको अन्त्यमा महाधिवेशन कार्यक्रमका अध्यक्ष सुजन केसिले शुभकामना दिनुहुने सबैप्रति कृतज्ञता प्रकट गर्दै एनसीसी कुवेतले हजाराैं श्रमिकहरूको उद्दारमा नेपाली राजदूतावाससंग सहकार्य गरेर कार्य गरेको तथा कोभिड-१९ को विश्वव्यापी महामारीको समयमा सैयाैं अवैधानिक भइ अलपत्र परेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको एनआरएन केन्द्रको अार्थिक सहयोगमा उद्दार गरेको तथा कोभिड महामारीको समयमा पनि सकृय रहि एनसीसी कुवेतले गरेका कृयाकलापमा हातमा हात र साथमा साथ दिने संघ संस्थाहरू, मिडियाकर्मी साथीहरू, सामाजिक मनका धनी कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी सबैलाइ धन्यवाद दिंदै आगामी दिनमा पनि सामाजिक र मानविय सेवाका कार्यमा सदा लागि पर्ने, २०१९-२०२१ को कार्यकाल जस्तै आगामी कार्यकाल पनि सबैको आशा र भरोसाको केन्द्र बन्नेमा आफू विस्वस्त रहेको बताउँदै पुरानो कार्य समितिलाइ विघटन गर्दै समापन गरेका थिए ।
निवर्तमान उपाध्यक्ष हरि लावतीद्वारा स्वागत गरि अतिथिहरूको शुभकामना मन्तव्य पश्चात कोषाध्यक्ष हर्क मोक्तानले आर्थिक प्रतिवेदन तथा महासचिव दिल कुमार पाख्रिनले संस्थागत प्रगति प्रतिवेदन पेश गरेका थिए भने सदस्य केशर घलान तामाङको सञ्चालनमा साताै राष्ट्रिय महाधिवेशनको पहिलो सत्र समापन भएको थियो ।
दोश्रो सत्रमा निर्वाचन समितिको तर्फबाट आनन्द आचार्य तथा गणेश रावतले निर्वाचन प्रकृया पुरा गरि नव निर्वाचित कार्य समितिको घोषणा गरेका थिए भने नव निर्वाचित पदाधिकारीहरूलाइ अतिथिहरूले बधाइ तथा शुभकामना दिए पश्चात केन्द्रिय सचिव आर. के. शर्माले नव निर्वाचित सम्पूर्ण कार्य समितिलाइ सपथ खुवाइ हर्सोल्लासपूर्ण वातावरणका साथ सातौं राष्ट्रिय महाधिवेशन समापन भएको थियो ।
एनसीसी कुवेतको अध्यक्षमा निर्वाचित भइ सकेपछि बोल्दै अध्यक्ष लामाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष जस्तो गरीमामय पदको जिम्मेवारी आफूलाइ सुम्पिएकोमा हार्दिक आभार प्रकट गर्दै अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नको लागि प्रमुख अतिथीको रुपमा नेपाली दूतावास कुवेतका महामहिम राजदुत ज्यू, केन्द्रबाट पाल्नुहुने सम्पूर्ण पदाधिकारीहरु , अघिल्लो कार्यकालका अध्यक्ष सुजन केसिज्यू, सिङ्गो कार्यसमिती,कुवेतका आइसिसी सदस्य अमित चामलिङज्यू, मानर्थ आइसिसी सदस्य सुरज मास्के ज्यु , निर्वाचन समिती, कृयाशिल संघ-संस्था, पत्रकार साथीहरु, पन्जिकृत सदस्यहरु सबै प्रति हार्दिक सधन्यवाद व्यक्त गरे भने नेपाली श्रमिकको हक, हित संरक्षण र श्रमिकका समस्या समाधान गर्न नेपाली दूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था, कुवेतवासी नेपाली श्रमिक दाजुभाइ,दिदिबहिनीहरु संग हातेमालो र सहकार्य गर्दै अघि बढ्ने बताए ।
सन २०२१-२०२३ को लागि नव निर्वाचित एनसीसी कुवेतको कार्य समिति यस प्रकार रहेको छः
आइसीसी सदस्य
१. हरि लावती
२. माधव पौडेल
अध्यक्ष
राणा ध्वज लामा
उपाध्यक्ष
१. टिकाराम आचार्य
२. माधव शाही
३. उमेश पुडासैनी
४. अमृता बान्तवा (महिला उपाध्यक्ष)
महासचिव
१. मान बहादुर तामाङ
सचिव
१. जिवन कुमार बि.क.
२. मनिश के.सी.
कोषाध्यक्ष
प्रेम प्रसाद गुरुङ
सह कोषाध्यक्ष
सोनाम लामा
युवा संयोजक
१. नबराज पराजुली
२. दामोदर बटाला
महिला संयोजक
रमिता तामाङ
युवा सह संयोजक
आङ नोर्बु शेर्पा
महिला सह संयोजक
सजिना गुरुङ
सदस्यहरु
विजय धामी
देवी बहादुर सुनुवार
रेशम लामा
सुर्य कुमार लामा
गिता तिवारी
मिलन कुमार तामाङ
जिवन सुनार
वेदनाथ हुमागाईं
बसन्त साम्बा
हेमन्त नगरकोटी
सरोज बस्ताकोटी
जय नारायण माझी थारु