Thursday 19th December 2024

काठमाडौं उपत्यकामा भोलिदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने


तीतोपाटी डटकम-१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन सोमबारदेखि साधन जोरबिजोर प्रणालीको आधारमा चल्न दिने निर्णय भएको जानकारी दिए । ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको छ । उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा सोमबार मध्यरातदेखि सकिंदै थियो ।
@अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरू भन्छन् ब्रह्माण्ड १०० ट्रिलियन वर्षमा समाप्त हुनेछ । यद्यपि, वैज्ञानिकहरू भन्छन् कि त्यो बिन्दुको यात्रा अचानक निष्कर्षको सट्टा लामो,…

हुथीहरूले सोमबार इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरे, जुन देशमा आक्रमण गर्ने उनीहरूको निरन्तर प्रयासमा सबैभन्दा नयाँ हो। उनीहरूले विगत महिनाहरूमा…

दक्षिण प्रशान्त महासागरमा रहेको एउटा सानो टापु राष्ट्र भानुआटु मा ७।३ रेक्टर स्केलको भुकम्प गएको छ । जसका कारण कयौ…

प्रतिकृयाहरू
...