Thursday 14th May 2026

वैदेशिक रोजगारीमा दु:ख पाएर फर्किएकाहरु भन्छन्- श्रम गरे स्वदेशमै सुन फलाउन सकिन्छ


तितोपाटी- वैदेशिक रोजगारीमा जाने सबैले राम्रो आम्दानी गर्छन् भन्ने छैन। कतिपयलाई विदेश फलिफाप हुँदैन। त्यसैले उनीहरु रित्तो हात फर्किएका छन्। रित्तो हात फर्किए पनि उताको सीपलाई सदुपयोग गर्दै आय आर्जनमा लाग्ने पनि छन्। यस्तैमध्येका हुन्– कपिलवस्तुका नौसाद अमेद र महिन खान।

आकर्षक तलब र ओभर–टाइम सुविधा पाइने आसमा नौसाद अहमद सन् २०१६ मा वैदेशिक रोजगारीका लागि दुबई पुगे। भनिएको थियो, सेल्स म्यान। तर त्यहाँ पुगेपछि उनी सफाइ कर्मचारीका रुपमा काम गर्न थाले। दुबईको जोवरबारुस्थित अन्सार ग्यालरी कम्पनीमा दुई वर्ष निरन्तर काम गर्दा नाैसादले न भनेजति तलब पाए न त अतिरिक्त आम्दानी ।

“नौसादले नेपाल फर्किएर बैंकबाट ७ लाख ऋण लिए। तौलिहवाको शिवमन्दिर टोलमा कपडा पसल सञ्चालन गर्न थाले। आम्दानी बढ्दै गएपछि व्यापार पनि बढ्दै गयो। अचेल दैनिक १० हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्।”

उनी सुनाउँछन्, ‘तलब मासिक ३० हजार हुन्थ्यो। कोठाभाडा र अन्य खर्च गरेर १५ हजार बचाउनसमेत धौधौ थियो।’ केही वर्ष काम गरी आफू र परिवारका लागि खुसी बटुलेर फर्किने योजना विफल भएपछि उनी स्वदेश फर्किए। नेपाल फर्किएर बैंकबाट ७ लाख ऋण लिए। तौलिहवाको शिवमन्दिर टोलमा कपडा पसल सञ्चालन गर्न थाले। आम्दानी बढ्दै गएपछि व्यापार पनि बढ्दै गयो। दैनिक १० हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन्। छोराछोरीलाई पनि राम्रो स्कुलमा पढाएका छन्।

उनी जस्तै कपिलवस्तुका माइन अहमद खान पनि रोजगारीकै सन् २०१५ मा लागि दोहा पुगेका थिए। कतारको एक आईटी कम्पनीमा काम गर्दा उनले मासिक १ लाख २० हजार रुपैयाँसम्म कमाउँथे। गत वर्षको लकडाउनमा उनलाई समस्या भयो। त्यसपछि नेपाल फर्किए। नेपाल आएपछि आफ्नो सानोतिनो व्यापार सुरु गरे। उनले गार्मेन्ट जिन्स पेन्टको पसल सुरु गरे। व्यापारमा कतारमा कमाएको भन्दा राम्रो कमाइ हुन थालेको थियो।  ‘आफ्नो ६ सन्तानको खर्च त्यही व्यापारबाट चलेर पनि पैसा बचत गर्न पुगेको थियो’, उनी भन्छन्, ‘परिवारको साथमा बस्न पाइएको छ। यहाँभन्दा अरुखुसी के चाहियो?’ विदेशी भूमिमा पसिना बगाएर दु:ख गर्नुभन्दा स्वदेशमै श्रम गरे सुन फलाउन सकिने उनकाे भनाइ छ। वैदेशिक रोजगार विभागका अनुसार रोजगारीकै लागि भनेर ४५ लाख हाराहारीमा नेपाली विभिन्न देशमा कार्यरत छन्। रोजगारीबाट फर्किएकाहरु विभिन्न व्यवसाय सञ्चालन गरी कैयौंलाई रोजगारसमेत दिन सफल भएका छन्।

साभार नेपालसमयबाट


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...