Thursday 25th December 2025

सुशिला पाैडेलका पाँच मुक्तकहरू


मुक्तक।(१)

काललाई को मार्न सक्छ र?
कालसँग को नहार्न सक्छ र?
मिति नपुगुन्जेल मात्र बस्ने हो,
दैवलाई कस्ले टार्न सक्छ र?

मुक्तक।(२)
यहाँ दैबको खेल कस्ले बुझ्छ र?
प्राकृतिक भेल कस्ले बुझ्छ र?
यी समस्याले सताई रहने भए,
सुक्ष्म जालझेल कस्ले बुझ्छ र?

मुक्तक।(३)
मलाई सच्चा नागरिक बन्न मन छ।
कति सेवा गरियो भनि गन्न मन छ।
सरकारले केही गरेन भन्नेका लागि,
खै तिमीले के गर्यो भन भन्न मन छ।

मुक्तक।(४)
आकाशमा तारा गनेर सकिँदैन।
मान्छेलाई कहिल्यै भनेर सकिँदैन।
बुझाइ र सोचाइ आ आफ्नो हुन्छ,
सबै कुरामा जान्ने बनेर सकिँदैन।

मुक्तक।(५)
टाढाको नजिक बनाउनु।
परदेश छोडी घर आउनु।
सधैं विदेश बसेर के गर्ने,
देशमा तरकारी लगाउनु।

सुशिला पौडेल
अर्घाखाँची, नेपाल


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...