Thursday 25th December 2025

टहल आचार्यको गजल संग्रह – १४


बनी एक आपसमा घाती प्रतिघाती हजुर ।
मौका परे गर्दा रैछन जो नी खुरापाती हजुर ।।

कसलाई पो आफ्नो ठान्नु दल ब्यक्ति यो देशका ,
बैगुनी र खुनी मात्रै कोहि छैनन् जाती हजुर ।

शोषण दमन सामान्ती परम्परा सँस्कारका ,
नबद्लीई अझै पनि बाबू छोरा नाती हजुर ।

गलत सोच धारणाका लुटी ल्याई भुटी खाने ,
स्याल सिँह छुचुन्द्रो बाघ देखि हात्ती हजुर ।

मरी होईन मारीकन माथिसम्म पुग्नै पर्ने ,
सबैमाझ दिउँसोलाई बनाएर राती हजुर ।
***
टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...