Thursday 25th December 2025

प्रधानमन्त्रीओलीले संसदको विश्वास लिन सकेनन्, स्वतः पदमुक्त


तीतोपाटी – प्रधानमन्त्री ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । ओलीले संसदमा विश्वासको मत लिँदा आजको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ मत प्राप्त भयो भने  तटस्थ १५ जना सांसद रहे । सदनमा जम्मा २३२ जना सांसद सांसद उपस्थित रहेका थिए ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिंदा २७ जना सांसद अनुपस्थित रहे भने अनुपस्थित सांदहरू अधिकांश एमालेका माधव नेपाल पक्षका सांसदहरू हुन् । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो ।

विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको दुइ तिहाइ बहुमतको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...