Saturday 15th November 2025

नेपालमा कोरोनाको दोश्रो लहर भयाबह बन्दै, एकै दिन ३७ जनाको मृत्यु


तीतोपाटी – विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने र मर्नेको यो संख्या नेपालमा कोरोना शुरू भए यताको सबै भन्दा उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १७१७६ जनाको पीसीआर परिक्षण गरिएको थियो भने अहिलेसम्म २५२११६४ को पीसीआर परिक्षण गरिएकोमा अहिलेसम्म ३४३४१८ संक्रमित भइ २८६०१५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २०२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् भने अहिलेसम्म कोरोनालाइ जित्नेको प्रतिशत ८३.३ रहेको छ ।

नेपालमा हालसम्म ३३६२ जनाको मृत्यु भएको छ भने हाल ५४०४१ जना आइसोलेसनमा र २१२ जना क्वारेन्टिनमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...