Tuesday 24th March 2026

नेपालमा कोरोनाको दोश्रो लहर भयाबह बन्दै, एकै दिन ३७ जनाको मृत्यु


तीतोपाटी – विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने र मर्नेको यो संख्या नेपालमा कोरोना शुरू भए यताको सबै भन्दा उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १७१७६ जनाको पीसीआर परिक्षण गरिएको थियो भने अहिलेसम्म २५२११६४ को पीसीआर परिक्षण गरिएकोमा अहिलेसम्म ३४३४१८ संक्रमित भइ २८६०१५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २०२१ जनाले कोरोनालाइ जितेर घर फर्केका छन् भने अहिलेसम्म कोरोनालाइ जित्नेको प्रतिशत ८३.३ रहेको छ ।

नेपालमा हालसम्म ३३६२ जनाको मृत्यु भएको छ भने हाल ५४०४१ जना आइसोलेसनमा र २१२ जना क्वारेन्टिनमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...