Monday 22nd June 2026

टहल आचार्यको गजल संग्रह – १२


सामान्तीको अचानोमा तरीएका हामी रैछौँ ।
अझै पनि दासत्वमा दरीएका हामी रैछौँ ।

यो देशका दुई नम्बरी राजा द्यौता भिक्षुलाई ,
चढाईने सङ्कल्प नै गरीएका हामी रैछौँ ।

बेरोजगार युवाशक्ती श्रम गरि खानलाई ,
देश विदेश मुग्लानमा छरीएका हामी रैछौँ ।

जिवीकाको खातिरमा जसो भने पनि मान्ने ,
रोग भोक अभावले खरीएका हामी रैछौँ ।

तन मन धन पनि त्यो भ्याएसम्म लुट्नेहरु ,
अजराको आदेशले जरीएका हामी रैछौँ ।
**

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...