Monday 26th January 2026

कोरोनाबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अनुरोध


तितोपाटी- कुवेतमा कार्यरत नेपालीहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले   “हार्दिक अनुरोध” गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष नबराज पन्थी र सचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित उक्त  बिज्ञप्तिमा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कुवेतमा कार्यरत नेपालीहरुमा पनि कोरोना भाईरसको सङ्क्रमण अत्याधिक मात्रमा फैलिएको जानकारी प्राप्त भएकोले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
कुवेतमा अत्याधिक मात्रमा फैलिरहेको कोरोना सङ्क्रमण नियन्त्रणकै लागि सरकारले कर्फ्यू आदेश जारी, रेस्टुरेन्ट, सार्वजनिक स्थलमा भीडभाड, पसल तथा शपिङ मलहरुमा सुरक्षाको हिसाबले कडाइ गरिरहेको छ ।यो  हप्ता मात्रै  कोरोना भाईरस (कोभिड-१९) का कारण तिन जना नेपालीहरुले ज्यान गुमाएको समाचार सार्वजनिक भएका छन ।
कुबेत सरकारले निर्देशन गरेको मापदण्डलाई पुर्णरुपमा पालना गर्दै सचेत रहन र आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेको छ । साथै अहिले मौसम परिवर्तनको समय भए पनि अस्वस्थ महसुस भएमा तुरुन्त अस्पताल गएर स्वास्थ्य परिक्षण गर्ने र मौसम परिवर्तनको समय हो भनेर बिरामि हुदा पनि यसलाई सामान्य रुपमा लिदा स्वास्थ्यमा ठुलो समस्या आउन सक्ने छ । कतिपयले सामान्य रुपमा लिएर हेलचेक्य्राइँ गरेको कारण केही नेपालिहरु निक्कै गम्भीर स्थितिमा पुगेको जनाएको छ । सभा समारोह, भीडभाड, जमघट नगरी सबै जना आ-आफ्नो स्थानमा सुरक्षित साथ रहनुहुन समेत पत्रकार महासंघ वैदेशिक, कुवेतले अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...