Tuesday 29th September 2026

अल मुजैनी एक्सचेन्जले मैदान हवालीमा ११३ औं शाखाको शुभारम्भ गर्यो


तीतोपाटी – अल मुजैनी एक्सचेन्जले आफ्नो ११३ औं शाखाको मैदान हवालीमा शुभारम्भ गरेको छ । कुवेतको ११३ औं शाखा र मैदान हवाली शहरको तेश्रो शाखाको रूपमा गत अप्रैल १ तारिकको दिन मैदान हवालीको ब्लाक ११, भवन नं. १३ मा अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फर्नान्डिजले उद्घाटन गरेका हुन् ।

११३ औं शाखा उद्घाटन गर्दै महाप्रबन्धक फर्नांडिसले वित्तीय सेवा सबैको पहुँचमा पुर्‍याउने हाम्रो उद्देश्य हो भन्दै कुवेत भर हाम्रो मजबूत नेटवर्कको साथ अल मुजेनी डिजिटल भुक्तानी एप स्टोर, गुगल प्ले र एप ग्यालरीमा उपलब्ध रहेको बताउँदै अल मुजैनी डिजिटल भुक्तानी प्लेटफर्म मार्फत अत्यन्त सुरक्षित र एक क्लिकमा नै छिटो छरितो रूपमा अाफन्तजन र प्रियजनलाइ रकम पठाउने व्यवस्था गरेको बताए । अल मुजैनीको डिजिटल प्लेटफर्म मार्फत नयाँ ग्राहक पंजीकरण, फोन सम्पर्कबाट नयाँ लाभार्थी थप्ने देखि वेस्टर्न यूनियन स्थानान्तरण र रेट अलर्टहरू केवल केहि क्लिकमा, कहिँ पनि, कुनै पनि समय सेवा लिन सकिने उनले बताए।

“हाम्रो कडा नेटवर्क बलियो हुँदै गइरहेको छ” “जहाँ तपाइं त्यहाँ अल मुजैनी एक्सचेन्ज” भन्ने नाराको साथ अघि बढिरहेको अल मुजैनी एक्सचेन्ज कुवेतको पुरानो मध्येको एक र सबैभन्दा धेरै शाखा भएको तथा विश्वासिलो एवं भरपर्दो एक्सचेन्ज हो । मैदान हवालीमा खोलिएको उक्त नयाँ शाखाले ग्राहकहरुलाई इन्स्टन्ट बैंक ट्रान्सफर, द्रुत पैसा स्थानान्तरण, विदेशी मुद्रा विनिमय र कर्पोरेट/व्यापार स्थानान्तरण सेवाहरू छिटो छरितो रूपमा हप्ताको सातै दिन सेवा दिनेछ ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...