Thursday 30th July 2026

नेपाल र कतारबीच पर्यटन प्रवर्धनको लागि सहकार्य हुने


तितोपाटी- नेपाल र कतार दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीचसोमबार पर्यटन प्रवद्र्धनका विषयमा सहमति भएको छ ।

सोमबार पर्यटन बोर्डमा भएको उच्चस्तरीय भेटवार्ताका क्रममादुवै देशबीच पर्यटन प्रवद्र्धन गर्न सकिने प्रर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने निस्कर्ष निकालिएको छ ।

बोर्डको निमन्त्रणमा नेपाल आएका कतारी राजदूत मोहम्मद अल हैलले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए ।

‘नेपाल विश्वकै सुन्दर देशमध्येको एक हो । म आफैपनि नेपालका धेरै ठाउँ पुगेको छु । यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु । तर, यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् । यसमा ध्यान दिन सके राम्रो होला’ राजदूत हैलले भने ।

उनले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि कतार सरकार सहयोग गर्न सधै तयार रहेको समेत बताए । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहको जानकारी गराउँदै पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन प्रवद्र्धनका नयाँ योजना अगाडि सारेको बताए ।

डा.रेग्मीले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको समेत जिकिर गरे । ‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ ।

खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ’उनले भने,‘नेपाल र कतार बीच सिधा हवाई सम्पर्क समेत रहेकोले पर्यटक आवागमनमा खासै समस्या छैन । यसले पनि दुई देशबीचको पर्यटन प्रवद्र्धनमा बोर्ड सकारात्मक छ । –रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

प्रतिकृयाहरू
...