Monday 13th October 2025

धर्मिला कार्कीको गजल संग्रह – १६


बुढेसकालमा सुख पाउन धनको बचत हुनुपर्छ
बच्चैदेखि फजुल खर्च कम गर्ने आदत हुनुपर्छ।

सभ्य समाज निर्माण गर्न अनुशासित भई
मान्छे जस्तो मान्छे बन्न असल संगत हुनुपर्छ।

जिन्दगी खास जीन्दगी जस्तो बनाउनलाई
लडेपछी फेरी उठ्न सक्ने हिम्मत हुनुपर्छ।

जनहित र राष्ट्र निर्माणमा योगदान गर्नेलाई
राज्यबाट उचित सम्मान र इज्जत हुनुपर्छ।

हावाहुरी र असिना पानी छेक्नको लागि
प्रत्येक घरको जगसँगै बलियो छत हुनुपर्छ।

धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज-३ काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...