सम्बन्ध टुटिसक्यो कहानी अझै बाँकी छ ।
पल पल सम्झि रहने बानी अझै बाँकी छ ।।
पराईको हुनु भन्दा पहिले यति याद राख्नु
मैले जिउनु पर्ने जिन्दगानी अझै बाँकी छ ।।
गएर भन्दिनु होस् यो खबर उसलाई पनि
यहाँ तेरो यादमा बग्ने पानी अझै बाँकी छ ।।
घात गरेर अब बाठो बन्ने प्रयास नगर्नु प्रिया
तिम्रै मायाँमा काटेको चलानी अझै बाँकी छ ।।
आगो लिएर आउनेहरु लाई भनिदिनोस् अब
मलाई बनाउन खरानी अझै बाँकी छ ।।
सुरेश पाण्डेय
सुर्खेत विरेन्द्रनगर