Monday 13th October 2025

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १२


तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी ,
तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी ।

आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें,
केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी ।

महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी,
यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी ।

चौतारीको बसाई छ वरपिपलको छहारीमा
न त घाम न उकालो उसै गल्यो जिन्दगानी ।

मनको पाखा पखेरीमा, तृष्णाले रोपेका ती
अमृतको बोटमा विष जस्तै फल्यो जिन्दगानी ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८ ,सुनखानी दोलखा।
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...