Saturday 8th August 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – १२


तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी ,
तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी ।

आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें,
केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी ।

महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी,
यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी ।

चौतारीको बसाई छ वरपिपलको छहारीमा
न त घाम न उकालो उसै गल्यो जिन्दगानी ।

मनको पाखा पखेरीमा, तृष्णाले रोपेका ती
अमृतको बोटमा विष जस्तै फल्यो जिन्दगानी ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८ ,सुनखानी दोलखा।
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा स्थापित ‘माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२६’ बाट पत्रकार प्रेमकुमार जिमी सम्मानित भएका छन्।…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न…

प्रतिकृयाहरू
...