Wednesday 30th September 2026

धर्मिला कार्कीको गजल संग्रह – ११


गजल

एकोहोरो बनाएर खै यो के गर्नु भो ।
दुई दिन भेट नहुँदा छट्पटीले मर्नु भो।

प्रशंसाका शब्दहरू बटुलेर कति
भोक निद्रा नभनेरै मनभित्र चर्नु भो।

दिल दिएर उदार बन्दै लोभ्याएर प्रिय
मन मुटु र अङ्गअङ्ग प्रेम रसले भर्नु भो।

मोहनी बोलिमा नौनी बनि पग्लिएर
सुगन्धित बास्ना चाहि कतातिर छर्नु भो।

तिमी बिना अपुरो छु भन्ने मान्छे आज
दिलबाटै पन्छिएर किन टाढा सर्नु भो।

‘कान्तिको’ लक्ष्य अब हरिनाम गाउँदै
यो झुटको संसारबाट भवसागर तर्नु भो।

 

-धर्मिला कार्की
चिसङ्खुगढी-३, ओखलढुङ्गा
हाल: महाराजगन्ज, काठमाडौं


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...