Friday 6th March 2026

साहित्यः एक सर्जक एक टुक्का


टुक्का
नेपालीको गौरव हो हाम्रो हिमाल,
विश्व सामुन्ने नाम राख्नु छ विशाल।
✍️शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका

टुक्का
ओत लाग्ने छाता हामी मित्र,
संगालेको नाता दिल भित्र ।
✍️ ताराप्रसाद चापागाईं, धादिङ
हाल काठमाण्डौ

टुक्का
तिम्रै यादमा लेख्छु कविता,
तिमी नहुँदा जल्छु सविता ।
✍️ अरुण नदि खत्री, काठमाण्डौ

टुक्का
कुर्दाकुर्दै जवानी खेर गयो,
जिन्दगीमा मर्नु न बाँच्नु भयो॥
✍️पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

टुक्का
भयौ न त घरको न घाटको,
तमासा बन्यो लौ हेर हाटको ।
✍️ रचना शर्मा प्रतिक्षा, ललितपुर

टुक्का
सक्छौ भने असल मानिसको पहिचान बनाउँ,
सक्तैनौ भने तिमी ज्युँदो लास हो भनी नजनाउँ ।
✍️ कमला पाण्डे पराजुली, झापा

टुक्का
रातलाई फकाएर विहान सूर्य उदाउँछ,
साँझलाई छकाएर रातमा सूर्य हराउँछ।
✍️ शरद प्रधानाङ्ग, विराटनगर-७

टुक्का
राज्यकोष दोहन गर्ने भ्रष्टाचारीहरुलाई,
फाँसी देऊ!दिन दहाडै बलात्कारीहरुलाई ।
✍️म्यामराज राई,भोजपुर

टुक्का
कहिलेसम्म गर्ने खुसीको आशा?,
जहिले पल्टाउन सकिन्छ पासा ।
✍️ ईश्वरी अधिकारी, लमजुङ्ग

टुक्का
मायाँमा तिमी होइन मैले हारें,
झुटो मायाँ देखायौ र आशा मारें ।
✍️ शोभा अर्याल, बुटवल

टुक्का
बेदाग दिल चोर! मन नचोर,
शंकाले माया गर्ने मुटु नफोर
✍️ नरेश अमात्य, ललितपुर

टुक्का
देशको सपुत गयो रणमा,
मृत्युको भय नराखी मनमा।
✍️बि.के मुखिया, दार्जिलिङ


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...