Saturday 8th August 2026

सविता के.सी. को गजल संग्रह – २


प्रकृतिको सुन्दरतामा नारी देखियाे ।
त्यही नारीको जीवन भारी देखियाे ।

कलकलाउँदाे निश्चल छ बैंस उनकाे,
त्यै बैंसमा बाँझाे खेत बारी देखियाे ।

प्रतीक्षामा जीवन भयाे धेरै थकित,
झरना झैं माया डाँडा पारी देखियाे ।

जति गर मेहेनत अपजसकाे भाँडाे,
मात्र हामीमा काम जारी देखियाे ।

पानी लगाएपछि भयाे माटाे चिसाे,
भएर सुख्खा माटो टारी देखियाे ।

कल्पनाकाे घरमा एकान्तकाे आँसु,
सबुको आत्मा काँडा घारी देखियाे ।

✍️ सविता के.सी.
दक्षिणकाली-३, फर्पिङ, काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

प्रतिकृयाहरू
...