Sunday 4th October 2026

जमुना पाैड्यालको गजल संग्रह – १


गजल

तिमीसँगै बर्खे खोला तर्न मन लाग्यो ।
डुबी हाले एकै साथ मर्न मन लाग्यो ।।

किन बाँझो राख्यौ प्रिय तिम्रो दिलको बारी
बाँझो दिलमै प्रेमको बिज छर्न मन लाग्यो ।

जति वर आउँछु तिमी उति पर जान्छौ
नजिक सरी दिलको बात गर्न मन लाग्यो ।

हात समाई गरेको हो उकालीको यात्रा
ओराली नि त्यसै गरी झर्न मन लाग्यो ।

पर्खी बसेँ बाजा बजाई लिन आउँछ भनी
बिहे गरी उसकै घर सर्न मन लाग्यो ।

 

जमुना पौड्याल
विराटनगर-३


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...