Tuesday 23rd June 2026

व्यंग्य कविताः चम्चा – लोक छन्द: झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा।
गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा ।
देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा।
नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१।🌷🙏🌺

कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा।
सुरुप्प सुप पुर्‍यायो खुब चम्चाले मुखमा।
अस्तिको कुरा सुटुक्क माथि पुर्‍यायो चम्चाले।
साथीको घाँटी परक्क पारी निमोठ्यो चम्चाले ।२।🌷🙏🌺

आलुको जस्तो सर्वत्र पुग्ने चम्चाको चटक।
जोसँग पनि साखुल्ले बनी देखायो नाटक ।
राजनितिक दल छलको बल चम्चाको आडमा।
प्रशस्त मिल्ने चटके चम्चा तुरुन्त भाडामा ।३।🌷🙏🌺

सुटुक्क गरी छिरेछ चम्चा साहित्य क्षेत्रमा।
लुपुक्क लिटो पुर्‍याई हाल्यो कविको मुखमा।
चम्चाका नेता बनेका कवि चम्चाको चालमा।
गुलियो मुख बनायो चम्चा नाच्दैछ्न् तालमा ।४।🌷🙏🌺

अमेरिकामा यथेष्ट मिल्छ्न् चम्चाका चटक।
नेपाली चम्चा भान्सामा पुग्छन् पटक-पटक।
अचेल यहाँ बाँदर पनि चम्चाले खाँदैछ।
कोरोना अर्थ लोकमा मान्छे कोठामा बन्द छ ।५।🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...