Saturday 25th April 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ७


गजल

छानी छानी राष्ट्रघाती सबै भ्रष्टाचारीलाई।
मृत्यु दण्ड देउ सरकार सधैं बलात्कारीलाई।

स्वार्थ पूरा भएपछि, जबर्जस्ती हत्या गर्ने
पापिष्ट ती राक्षस बाट,मुक्ति मिल्छ नारीलाई।

निर्धक्क भइ साँढे जस्तै खुले आम चारैतिर
कुकर्मको खेल खेली हिड्ने सत्ता धारीलाई ।

बृद्ध, प्रौढ, युवती, किशोरी अबोध बालिका,
कोहि नछोड्ने यौन पिपासु ती बोकेदारीलाई।

चर्को घाम गलेको ज्यान्‌ चौतारीमा थ्याच्च बस्दा
कस्ले राम्रो भन्दैन र ? वरपिपलको छहारीलाई।

 

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा पा ८,सुनखानी दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...