Wednesday 30th September 2026

कविताः आनन्द दान – लोक छन्द: झ्यारे(देवकोटा प्रिय)


आनन्द कता चाहिन्छ यता जनले खोजेका
मनका व्यथा आनन्द साथ भनौँला भनेका
आफूले लिन आनन्द पछि दौडेका लखेट्दै
आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺

आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ
लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ
दुनियाँ लाग्छ आनन्द पछि पागल तरह
बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺

नेताले ठग्छ आफूकै लागि सम्पति जोड्दछ
चोरले चोर्छ आनन्द लिन आफूको निमित्त
राजा र रङ्क चोर र साधु सन्त र महन्त
सबैको एकै रहेको चाख देखिन्छ जीवन्त ।३।🌷🙏🌺

सबैको रोजी लोकको खोजी शान्तिको गोजीका
लोकका प्रिय आनन्द बाबु सर्वत्र डुलेका
मन्दिर धाउँंछ्न् आनन्द लिन श्रध्दालु भक्तले
अरुको लागि आनन्द बाँड्छन् सज्जन ज्ञानीले ।४।🌷🙏🌺

आनन्द दान हुँदैछ भन्ने खबर सुनेर
आनन्द माग्न गएको साने बुरुक्क उफ्रेर
जीवन ज्ञान विज्ञान सँगै जहान साथमा
सानेले लियो प्रशस्त ज्ञान गुरुको माध्यम ।५।🌷🙏🌺

सबैले बुझ्यौँ आनन्द मिल्ने दिँदामा रहेछ
अहिले सम्म आफूले खोज्दा भ्रमले घेरेछ
सानेको लक्ष अबको वर्ष आनन्द बाँड्ने छ
आनन्द दिन पाएमा साने आनन्द मान्ने छ ।६।🌷🙏🌺

सबैका प्रिय आनन्द बाबु दिलमा बस्दछ्न्
जीवन ज्ञान विज्ञान साथ मितेरी गाँस्दछ्न्
निरोगी तन आनन्दी मन भएमा आनन्द
आफूले आफ्नो दिलमा खोजे तत्काल भेटिन्छ ।७।🌷🙏🌺

-हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...