Tuesday 15th September 2026

गजल -धर्मिला कार्की


हिजोआज सरकारको निको छैन चाल यहाँ ।
रमाउदै हिड्न थालेको छ दिनदिनै काल यहाँ ।।

समयमै इलाज नपाई लासको संख्या बढेपछि
कसरी ठिक हुन्छ र खै जनताको हाल यहाँ ।

प्राकृतिक प्रकोप,सामाजिक विकृति,महामारीले
पिल्सिएर बाँच्नु परेको छ प्रत्येक साल यहाँ ।

नेता चुनावको बेला मिठो भाषण छाँट्दै लोभ्याउने
लट्ठै लोभिने जनता कसैको राम्रो छैन ताल यहाँ ।

हरेक तह र तप्कै पिच्छे बढेको भ्रष्टाचारलाई
लुकाउन रच्दैछन् अनेकथरी जाल यहाँ ।

धर्मिला कार्की
महाराजगञ्ज, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...